आज :

आफ्नै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठकमा एमाले अनुपस्थित भएपछि …

काठमाडौँ । नेकपा (एमाले) नआएपछि बागमती प्रदेशसभा बैठक दुई घण्टा पछि सरेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनको लागि आज बोलाइएको प्रदेशसभा बैठकमा एमाले सांसद नआएपछि बैठक सारिएको हो ।

प्रदेशभा बैठक आज दिउँसो १ बजे बोलाइएको थियो । प्रदेशसभा सचिवालयका अनुसार बैठक ३ बजे बोलाइएको छ ।

आफ्नो नेतृत्वको सरकार अल्मतमा परेपछि बैठकमा सहभागी हुन विभिन्न बहानाबाजी गरिरहेको छ । एमाले वडा अधिवेशन देखाउँदै आजको बैठक कात्तिक ११ गते सार्न भनेको थियो ।

सभामुखले बैठक सार्न नमानेपछि एमाले सांसदहरु प्रदेशसभामा अहिलेसम्म अनुपस्थित छन् । तर प्रदेश सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले भने एमाले सांसदहरु बिहीबारको बैठकमा सहभागी हुने बताएका छन् ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal