आज :

‘ठेहे उदयमान युवा क्लव’ हुम्लाको काठमाडौंमा फूटसल, बोहोरा र बुढाद्वारा प्रतियोगीता उद्घाटन

काठमाडौं । ठेहे उदयमान यूवा क्लवको आयोजनामा प्रथम हुम्ला जिल्ला स्तरिय खुल्ला पूटसल प्रतियोगीता–२०७८ काठमाडौंमा सुरु भएकोे छ । दुई दिनसम्म चल्ने सो प्रतियोगीताको श्रमजीवी पत्रकार संघका महासचिव धनन्जय बुढा र नेपाल स्काउटका कर्णाली प्रदेश प्रमुख कमल बोहोराले मंगलबार ग्रीनल्याण्डमा उद्घाटन गरेका छन् ।

नेपाल स्काउटका कर्णाली प्रदेश प्रमुख रहेका बोहोराले विगतमा रोगभोक र गरिबीको उपमा पाएको कर्णाली र त्यसमा पनि हुम्ला जिल्लाका यूवाहरुले राजधानीमा प्रतियोगीता गर्नु भनेको गर्वको विषय भएको बताए ।

हुम्ला जिल्लाका अन्तराष्ट्रिय प्रतियोगीतामा देशलाई गोल्ड मेडल दिलाउन सफल जगत धामी जस्ता उदाहरणिय खेलाडीहरु पनि भएको भन्दै, अग्रजहरुको सम्मन र उहाँरुको बाटो हुम्ली खेलाडीहरुले अनुशरण गर्नसमेत आग्रह गरे । बोहराले जिल्ला स्तरिय खेललाई निखार्दै हुम्ली खेलडीहरु राष्ट्रिय हुँदै अन्तराष्ट्रिय खेल मैदानसम्म प्रतियोगी बन्नसक्ने क्षमता भएको बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघका महासचिव धनन्जय बुढाले पहिले जस्तो कार्णाली र हुम्ला अजको समयमा नरहेको बताउँदै अहिले हुम्लीहरु गाउँ–जिल्ला स्तरमामात्रै सिमित नरहेर राष्ट्रिय–अन्तराष्ट्रिय तहमा पनि क्षमता प्रदर्शन गर्न सफल रहेको बताए ।

संवाद डबलीका सचिव समेत रहेका बुढाले कर्णाली र हुम्लीहरुलाई विगतमा दया र माया अनि आरक्षरित क्षेत्रकोरुपले हेरिने तर वर्तमानमा उनिहरु खुल्ला प्रतिस्पर्धा र आवश्यक परे अधिकार खोस्न सक्छन् भन्ने क्षमाताका उदाहरण मिडिया जगतले प्रवाहित गरीरहेको बताए ।

कार्यक्रममा राष्ट्रि प्रजातान्त्रिक विद्यार्थी संगठनका महासचिव जनक फडेराले संघर्षको मैदानलाई आत्मसाथ गर्ने क्रियाशील युवा शक्तिहरुले देशलाई हाँक्नु पर्ने बताए । महासचिव फडेराले आफ्नो देशको पहिचान जोगाउन खेलाडी जहिले पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय मैदानमा प्रतिस्पर्धा गरे जस्तै, देशको स्वाभिमान, आत्मसम्मान, संस्कार र संस्कृति जोगाउन सच्चा नेता र नतृत्वले हरदम कोशीस गरिरहनु पर्ने बताए ।
सो क्लबका अध्यक्ष विकास बोहराले जिल्लाका १२ ओटा फूटबल टिमबीच असोज २६ र २७ गतेसम्म चल्लने बताए । आफूहरुले दसैंमा घर जान नसकेका हुम्ला जिल्लाभरीका खेलप्रेमी युवायुवती तथा हुम्ली जनसमुदायलाई काठमाडौंमा जमघट, भेटघाट तथा दसंैको शुभकामना आदान–प्रदान गर्ने अवसर मिलाउने प्रयास गरेको बताए ।

प्रतियोगिता कार्यक्रमका सभाध्यक्ष समेत रहेका बोहराले आफूहरुको यो पहिलो जिल्ला स्तरिय प्रतियोगीता भएपनि आउँदो समयमा यसलाई अझै विकास गरेर अगाडी लग्ने र निरन्तरता दिने पनि बताए ।सो प्रतियोगितामा प्रथम विजेतले ट्रफी सहित २० हजार, दुइतियले १५ हजार तृतियले १० हजार नगद पाउने छन् । त्यस्तै उत्कृष्ठ खेलाडी र उत्कृष्ठ गोलकिपर अनि धेरै गोल हान्न सफल एकजनाले मेडल पाउने आयोजकले अनलाइन डबलीलाई बताए । क्लबका सदस्य र सहयोगी हरुबाट आएको रकमले राजधानी स्थित माहाँगो ग्रिनल्याण्ड फूटसलमा प्रतियोगीता गाराइएको क्लबका उपाध्यक्ष उपेन्द्र भण्डारीले बताए ।प्रतिस्पर्धामा कर्णाली एएफसी, ग्राण्डीए ठहे, सर्केगाड, हुम्ला एएफसी, हुम्ला यूटी, सनलाईट, ठेहे जूनीयर, स्याँडा हिमाली यूवा क्लब, राईजीङ बी, राईजीङ ए, खार्पूनाथ र पी एस ई गरी १२ ओटा टिममा हुम्लाका ७ ओटै गाउँपालीकाबाट सहभागी भएको आयोजकले बताएको छ ।

sdr

 

उद्घाटन कार्यक्रममा अनेरास्ववीयु हुम्ला काठमाडौं सम्पर्क समितिका अध्यक्ष करजीत धामी,कर्णाली सरोवर दैनिकका सम्पादक बर्खबहादुर बोहरा, ओनेरास्ववीयू (क्रान्तिकारी) सिटिइभीटी राष्ट्रिय समिति प्रमुख सचिव जटिल कार्की,समाजवादी विद्यार्थी युनियन केन्द्रीय सचिव राम भण्डारी, अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका जिल्ला कमिटी अध्यक्ष जगत भण्डारी,अनेरास्ववीयु केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला संयोजक वविता सिरा,ईञ्जिनियर उजिर रावत, अखिल क्रान्तिकारी अस्कल क्याम्पस इकाई उपाध्यक्ष जितेन्द्र भण्डारी, नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक लोग बोहोरा, सिमीकोट गाउँपालिका १ स्वास्थ्य चौकी इन्चर्ज उषा भण्डारी, अनिस परियार, सावित्री भण्डारी, विकास बोहोरा, उजिर बोहरा, दिपक भण्डारी, दिनेश केसी, उत्तम रिमाल, सुरज भण्डारी, उजिर बोहोरा, सुरेन्द्र रावत,विकास रोकाया, करण रावत लगायत हुम्लाका विभिन्न क्षेत्रका प्रवुद्ध युवाहरु अतिथिकोरुपमा उपस्थित थिए ।


भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal