आज :

उत्तर कोरियाद्वारा नयाँ हाइपरसोनिक फेरि मिसाइल परीक्षण, अमेरिकाले के भन्यो ?

काठमाडौं । उत्तर कोरियाले हप्तादिनभित्र फेरि अर्को नयाँ नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो मिसाइल परीक्षमा परमाणु क्षमता हुन सक्ने बताएका छन् ।

विहीबार गरेको यो परीक्षण पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो । केही दिनअघि मात्र उत्तर कोरियाले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो ।

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको विषयमा बोल्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो परीक्षणले अस्थिरता र असुरक्षाको आशंका बढाएको बताएका छन् ।

उत्तर कोरियाले आत्मरक्षाको लागि हतियारको आवश्यकता पर्ने बताएको छ । उसले अमेरिका र दक्षिण कोरियाले दोहोरो मापदण्ड अपनाएको आरोप पनि लगाएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले यो नयाँ एन्टि–एयरक्राफ्ट मिसाइलले निकै राम्रो युद्ध क्षमता प्रदर्शन गरेको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal