आज :

साफ च्याम्पियनसिप खेल सुरु, पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै

काठमाडौँ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । साफको यो १३ औं संस्करण हो । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र माल्दिभ्ससँग खेलेर सुरु गर्ने छ ।

यी दुईबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको हो । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ ।

त्यस्तै, आज हुने अर्काे खेलमा श्रीलंका र बंगलादेश पनि भिड्दै छन् । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् । यो साफमा पाकिस्तान र भूटानले भने सहभागिता जनाएको छैन । पाकिस्तानालाई फिफाले प्रतिबन्ध लगाएको छ भने भूटानले भने कोरोनाको कारण देखाउदै अन्तिम समयमा हात झिकेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal