काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ सौं राष्ट्रिय सम्मेलन कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा सुरु भएको हो ।
असोज १६ गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले गरेका छन् । आज उद्घाटन भोलिबाट बन्द शत्र सुरु हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा अध्यक्षमा उपाध्यक्ष पञ्चा सिंह बलियो बन्दै गएकी छन् । अध्यक्षमा अर्का उपाध्यक्ष सुरेन्द्र बस्नेतको पनि दाबी छ । त्यस्तै, महासचिव उत्तम अधिकारीले पनि अध्यक्षको दाबी गरिरहेका छन् । तर उनको सम्भावना निकै कम छ ।
अघिल्लो सम्मेलनमा सर्वाधिक मत लिएर उपाध्यक्षमा निर्वाचित सिंहलाई अध्यक्ष बनाउन प्रतिनिधिले नेताहरुलाई दाबी गरिहरेका छन् । सानै उमेरमा जनयुद्धमा सहभागीमा भएकी सिंह कुशल वक्ता पनि हुन् ।
अखिल क्रान्तिकारीमा सिंह लोकप्रिय छन् । यस पटक उनलाई अध्यक्ष बनाएर अखिल क्रान्तिकारीले नयाँ इतिहास रच्ने अपेक्षा प्रतिनिधिले गरेका छन् । उनले गुटबिहीन संगठन बनाउने बताएकी छन् ।
अध्यक्षको दाबी गर्नेहरुसँग प्रचण्डले अन्तरवार्ता लिएर विद्यार्थी आन्दोलनको खाँका मागेका थिए । त्यसमा पनि सिंहले संगठनलाई एकतावद्ध र विद्यार्थीको खास संगठन बनाउने योजना पेश गरेकी छन् ।
पहिलो पटक महिलालाई अध्यक्ष बनाए इतिहास रच्ने अखिल क्रान्तिकारीलाई अबसर आएको छ ।