आज :

संयुक्त राष्ट्रसंघको महासभामा बोल्नु अघि उत्तर कोरियाले मिसाइल प्रहार गर्यो

काठमाडौं । लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको एक हप्ता बित्न नपाउँदै उत्तर कोरियाले अर्को मिसाइल प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मंगलबार विहान उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको हो ।

संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्नुअघि उत्तर कोरियाले मिसाइल प्रहार गरेको थियो । त्यसलगत्तै संयुक्त राष्ट्रसंघको लागि उत्तर कोरियाका स्थायी प्रतिनिधि किम सोङले महासभामा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले आफूहरुलाई कसैले पनि आफ्नो सुरक्षा र हतियार परीक्षण गर्नबाट रोक्न नसक्ने बताएका थिए ।

दक्षिण कोरियाको सेनालाई उदृत गर्दै दिएको जानकारीअनुसार मंगलबार बिहान उत्तर कोरियाले उक्त मिसाइल परीक्षण गरेको हो ।

यसअघि सेप्टेम्बरको सुरुमा पनि उत्तर कोरियाले ब्यालेस्टिक र क्रुज मिसाइल परीक्षण गरेको थियो । यद्यपि त्यसको केही समयपछि उसले दक्षिण कोरियासँग वार्तामा बस्नका लागि तयार रहेको बताएको थियो ।

उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेपछि अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणको विषयमा जानकार रहेको तर अहिले गरिएको मिसाइल परीक्षणबाट अमेरिकी सेना र गठबन्धनलाई कुनै जोखिम नरहेको बताएको छ ।

मंगलबार जापानी सञ्चारमाध्यमले अहिले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल ब्यालेस्टिक हुन सक्ने यस किसिमको प्रक्षेपण राष्ट्रसंघको नियमविपरीत हुने बताएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले राष्ट्रिय सुरक्षा परिषद्लाई उत्तर कोरियाले मिसाइल प्रक्षेपण गर्नुको उद्देश्य के हो भन्ने पत्ता लगाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal