आज :

पैसा खाएर भ्यालीलाई बद्रनाम गर्न खोजियो : संचालक

काठमाडौंको । कीर्तिपुरस्थित भ्याली इण्टरनेसनल कन्सल्टेन्सीका संचालकले विभिन्न ब्यक्तिहरुले पैसा खुवाएर मिडियामा संस्थाको बद्नामी गराउन खोजेको आरोप लगाएका छन् । केही समय यता केही अनलाइनहरुमा भ्यालीले कोरिया पठाउने नाममा विद्यार्थीबाट लाखौं रकम उठाएर फिर्ता नदिएको भन्दै अफवाह फैलाइएको उनीहरुको गुनासो छ ।

दोस्रो लकडाउन अघि कोरियाको सियोलस्थित केसी युनिभर्सिटीमा भर्नाका लागि रकम पठाइएका प्रभास साउद नामक विद्यार्थीले गलत सूचना दिएर मिडियामार्फत आफूहरुलाई बदनाम गराउन खोजेको भ्याली कन्सल्टेन्सीका कोरिया विभागका निर्देशक धिरेन राईले बताए । साउदले आवेदनका क्रममा भ्यालीलाई नभई कोरियामा रहेका आफ्ना दाजुमार्फत सिधैं युनिभर्सिटीमै रकम बुझाएको र केसी युनिभर्सिटीले केही रकम कटाएर फिर्ता गरिसकेको छ ।

रकम धेरै काटेको गुनासो आएपछि भ्यालीले नै युनिभर्सिटीलाई खबर गरेको र बाँकी रकममा युनिभर्सिटीको नियम अनुसार कोरियाको मुख्य चाड छुसक सकिएलगत्तै फिर्ता गर्ने प्रतिवद्धता साउदका दाजुसंग जनाएको जानकारी आफूहरुलाई दिएको राईले जानकारी दिए । भ्यालीले विद्यार्थीहरुको भिसा प्राप्तिपछि सामान्य सेवा शुल्क लिने बाहेक विदेशस्थित विश्वविद्यालयहरुको शुल्क कहिल्यै नेपालमा नलिने गरेको पनि प्रष्ट पारेको छ । शुरुमा जसरी पनि कोरिया पठाईदिनुपर्यो भन्दै भ्यालीमा आएका साउदले पछि लकडाउनका कारण लामो समय सम्म शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखा (एनओसी) र नेपालस्थित कोरियाली दूतावासको सेवा बन्द भएर आवेदन प्रक्रिया लम्बिएका कारण कोरिया जान नपाएको रिस सबै आफूहरुमाथि पोख्न खोजेको राई बताउँछन् ।

साउदले दिएको एकपक्षीय र गलत सूचनालाई तथ्य परीक्षण नै नगरी र आफूहरुसंग सोधखोज नै नगरी एक अनलाइनले पत्रकारिताको सामान्य मर्मसमेत ख्याल नगरी पक्षपातपूर्ण समाचार प्रकाशन गरेको भ्याली ब्यवस्थापनको भनाइ छ । किर्तीपुरस्थित भ्याली कन्सल्टेन्सीका संचालक पदम योङहाङ हुन् । तर उक्त अनलाइनले अन्य ब्यक्तिहरुका नाममा भ्याली संचालक भनेर गलत सूचना दिएको उनीहरुको गुनासो छ । आफूहरुले विद्यार्थीहरुसंग पैसा खाएको प्रमाणित गरेर देखाउन संचालक योङहाङले चुनौति दिए । बरु युनिभर्सिटीहरुबाट पैसा फिर्ता ल्याउने केसमा भने कन्सल्टेन्सीले सहजीकरण गरिरहेको योङहाङ बताउँछन् ।

यसरी एकजना विद्यार्थीले कोरियामा नै रहेका आफन्तमार्फत सिधै विश्वविद्यालयलाई बुझाएको पैसा आधाभन्दा बढी फिर्ता भै बाँकी रकम समेत कलेजले फिर्ता गर्ने प्रक्रियामा रहेका बेला भ्यालीलाई बदनाम गर्ने प्रयोजित उद्देश्यका साथ गलत समाचार फिंजाइएको ब्यवस्थापनको भनाइ छ । यस्ता अफवाहको पछि नलाग्न र कुनै शंका वा प्रश्न भएमा भ्यालीमा आए आफूहरु सबै पारदर्शी ढंगले बुझाइदिने निर्देशक राईले बताए । आफूहरुसंग कुनै जानकारी नै नलिइ प्रकाशन गरिने यस्ता समाचारले विद्यार्थीहरु दिग्भ्रमित हुने मात्र नभै राष्ट्रको चौंथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै भ्यालीले आगामी दिनमा यसप्रकारका एकपक्षीय समाचार प्रकाशन नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal