आज :

इसेवा मनि ट्रान्स्फरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिने बताएको छ ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढि एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभि र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal