आज :

आईसीसी क्रिकेटः नेपालले अमेरिकालाई ५ विकेटले हरायो, आज ओमानसँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । अमेरिकाले नेपाललाई २३१ रनको चुनौती दिएको थियो । अमेरिकाको यो चुनौती नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार भएको खेलमा पराजित गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । त्यस्तै, विनोद भण्डारीले ३७ रन योगदान थपे ।

अमेरिकाले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए । उनले ४२ बल खेल्दै २ चौका प्रहार गरे । आसिफलाई नास्थुस केन्जिगले निसर्ग पटेलबाट क्याचआउट गराए । त्यसपछि कुशल र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स अघि बढाए । तर स्कोर ९३ हुँदा ज्ञानेन्द्रले व्यक्तिगत १७ रन बनाएर आउट भए । १५ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रलाई निसर्ग पटेलले एलबीडब्लु धरापमा पारे ।
अमेरिकालाई हराएसँगै नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ ।

नेपालले सिरिजको दोस्रो खेलमा आज घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal