आज :

वैदेशिक रोजगार पत्रकार समाजको महासचिवमा क्रान्तिकारी पत्रकार संगठनका भुल चयन

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य केशव भूल वैदेशिक रोजगार पत्रकार समाजको महासचिव चयन भएका छन् । समाजको १२ औँ साधारण सभाले भूललाई महासचिव चयन गरेको हो । महासचिव चयन भएका भुल यस अघि समाजको सचिव थिए ।

भुल संसदीय मामिला पत्रकार समाजको केन्द्रीय सदस्य समेत रहेका छन् । उनि पछिल्लो समय चर्चामा रहेको अनलाईन मिडिया नेपाल प्रेस डटकममा बरिष्ठ सम्बाददाताको रुपमा कार्यरत छन् । त्यहाँ रहेर भुलले श्रम तथा वैदेशिक रोजगारी, कर्मचारी प्रशासन र अपराध तथा सुरक्षा विधामा कलम चलाउदैँ आएका छन् ।

भुल यस अघि देशभरका ३ सय ५० भन्दा बढी सामुदायिक रेडियोको नेटवर्क सामुदायिक सूचना नेटवर्क (सीआईएन)मा सम्बाददाता तथा कार्यक्रम उत्पादकको रुपमा कार्यरत थिए । अछाम स्थायी घर भएका भुल विगत १० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । मोफसलमा रहदाँ अछामस्थित रेडियो रामारोशन एफएमको समाचार प्रमुख र त्यसअघि अछाममै रहेको सोसाइटी एफएममा सहायक समाचार प्रमुखको रुपमा काम गरिसकेका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न साधारण सभाले अध्यक्षमा यस अघि समाजका बरिष्ठ उपाध्यक्ष रहेका उद्धवराज भट्टराईलाई चयन गरेको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्विरोध चयन भएका छन् । यस्तै सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन् ।

समाजको सल्लाहकारमा मदनकुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् । १२ औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सवको अवसरमा समाजले प्रकाशन गरेको स्मारिका ‘श्रम तथा आप्रवासन’समेत विमोचन गरिएको छ ।

बैदेशिक रोजगार पत्रकार समाज श्रम तथा वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउने संचारकर्मीको साझा संस्था हो । १३ वर्षदेखि क्रियाशिल यस संस्थाले श्रम तथा सुरक्षित आप्रवाशनको क्षेत्रमा रहेका सूचना तथा जानकारी प्रकाशन तथा संप्रेशण गरिरहेको छ । यस क्षेत्रमा क्रियाशिल संचारमर्कीको क्षमता अभिबृद्धिका लागि समेत विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal