आज :

अमेरिकाको ल्याक्सिङटनमा सुदूर पश्चिम समाज गठन, परदेशमा भएपनि कला संकृतिको संरक्षण गर्ने

काठमाडौं । अमेरिकाको केन्दकी राज्यस्थित ल्याक्सिङटनमा सुदूर पश्चिम समाज गठन भएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अमेरिका पुगेकाहरुले कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि समाज गठन गरेका हुन् ।

सुदूरपश्चिमेलीको एक भेलाले श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षयतामा ‘सुदुर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अबसर पारेर ल्याक्सिङटमा भएका सुदूर पश्चिमका नेपालीहरुले यो समाज गठन गरेको उप्रेतीले बताएका छन् ।

समाजको उपाध्यक्षमा चुडामणि अवस्थि, महिला उपाध्यक्षमा रेखा जोशी, सचिवमा मानबहादुर शाह (मानव), सहसचिवमा गोविन्द अवस्थि, कोषाध्यक्षमा विनोद पन्त रहेका छन् ।

त्यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेकप्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् ।

समाजले त्यहाँ गौरापर्व मनाउनुका साथै एउटा देउडा गीत रेकर्ड गराएर म्युजिक भिडियो समेत छायाँकन गरेको छ । समाजले सुदूर पश्चिमबाट अमेरिका गएकाहरुलाई एकिकृत गरेर सुदूर पश्चिमको भाषा, संस्कृत, गीत संगीतको प्रवर्धन गर्ने नव अध्यक्ष उप्रेतीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal