आज :

अखिल क्रान्तिकारीको काठमाडौँ अध्यक्षमा गोविन्द विष्ट निर्वाचित

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को काठमाडौँ अध्यक्षमा गोविन्द बिष्ट निर्वाचित भएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको शनिबार सम्पन्न २६ औँं जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मिम ऐडि, सचिव रबिना सथसन्कर, सहसचिव हस्त बिक, कोषाध्यक्ष पुर्णचन्द्र खड्का निर्वाचित गरेको छ ।
नयाँ कार्य समितिलाई नेकपाका काठमाडौँ इन्चार्ज माइला लामा, अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

सम्मेलनमा संगठनका सिईभिटी इन्चार्ज मिलन राई , काठमाडौं ललितपुर इन्चार्ज मदन चन्द, क्याम्पस जिल्ला अध्यक्ष तारा सन्ज्याल, ललितपुर अध्यक्ष रमेश सुनार डिबि चन्द लगायतको सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष बिष्टले शैक्षिक क्षेत्रमा मौलाइरहेको माफियाकरण, दलालीका करणले शिक्षा जनताका छोराछोरीको पहुँचभन्दा टाढा पुगेको भन्दै त्यसविरुद्धको संघर्षलाई मुख्य बनाउने बताए ।

त्यस्तै, कोरोना महामारीका बेलामा पनि केही शैक्षिक संस्थाहरुले अभिभावकलाई विभिन्न शिर्षकमा शूल्क असुल गरिरहेको बताउँदै त्यसविरुद्ध पनि संघर्ष गर्ने बताए । उनले आफ्नो संगठनलाई वैकल्पिक विद्यार्थी आन्दोलनको रुपमा विकास गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal