आज :

जयसिंहलाई महाकाली बगाउँदा नबोल्ने जर्नेल र एमसीसीमा ताली बजाउने डाक्टरप्रति घृणा: बस्न्यात

काठमाडौँ । नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताए । उनले एमसीसी संसदबाट पारित गरेर देशलाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको भन्दै युवाहरु त्यसविरुद्ध उठ्नुपर्ने बताए ।

दार्चुलाका युवा जय सिंह धामीलाई तुइनबाट खसालेर महाकालीमा बगाउदा बोल्न नसक्ने जर्नेल र एमसीसीजस्तो राष्ट्रघाती परियोजना पास हुँदा ताली बजाउने विद्यावारिधीवाला डाक्टरप्रति घृणा लाग्ने गरेको बताए । परिर्तनको लागि जनयुद्ध लड्दा टाउकाको मूल्य तोकिएका नेताहरु अहिले विदेशीको दलाल भएकै कारण जनताले दुःख पाएको बस्न्यातले बताए ।

बस्न्यातले डाक्टर बाबुराम भट्टराई, डा. रामशरण महत, डा. लोकराज बरालजस्ता पात्रका कारण विद्यावारिधि गर्ने डाक्टरप्रति आफूलाई घृणा लाग्ने गरेको भन्दै उनले आफूलाई जर्नेल र डाक्टर नभन्न सुझाव समेत दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा अन्य बक्ताहरुले नेपालका प्राकृति साधन, स्रोत कब्जा गर्न र नेपालीभूमिलाई आधार बनाएर चीनलाई घेर्न एमसीसी लागु गर्न खोजिएको भन्दै खारेजीको माग गरे ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले अमेरिकाले आफ्नो प्रतिस्ठा र प्रभावमा धक्का लागेकै कारण एमसीसी सम्झौता अगाडि सारेको बताए । उनले अमेरिकाले एमसीसीमार्फत सैन्य साझेदार बनाउन खोजेको भन्दै नेपाल स्वतन्त्र देश भएकोले यसबाट अलग रहनुपर्ने बताए ।
महासचिव मैनालीले अमेरिकाले नेपालीभूमिमा सैन्य अखडा बनाएर चीनविरुद्ध गतिविधि गर्न एमसीसी जबरजस्त संसदबाट पारित गराउन चाहेको बताए । उनले सरकारले एमसीसी संसदवाट पारित गराउन लागेको भन्दै खारेज गर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपालको कानुनभन्दा एमसीसी माथि राखिएको र एमसीसी लागु भए नेपालीहरुले अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउने भएकाले खारेज हुनुपर्ने बताए । उनले अनुदानमा शर्त नहुने भएपनि एमसीसीमा अमेरिकाले नेपालको हित विरोधी शर्त राखिएको भन्दै खारेज गर्नुपर्ने बताए ।

संसदमा पारित गराए कानुन बन्ने र त्यो नेपालको कानुनभन्दा माथि हुने भन्दै पोखरेलले एमसीसीलाई खारेज गर्नुपर्ने बताए । उनले तत्कालिन (नेकपा) ले एमसीसीको अध्ययन प्रतिवेदनमा संशोधन गर्न सुझाव दिएको भएपनि अमेरिका तयार नभएको समेत बताए ।

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला अमेरिकाले नेपालीभूमि प्रयोग गरेर चीनविरुद्ध घेराउ गर्न एमसीसी जसरी पनि लागु गर्न चाहेको बताए । उनले एमसीसी लागु भए अमेरिका र चीनबीच बढ्ने द्वन्द्वको मार नेपाल र नेपालीलाई हुने बताए ।

नेपालका प्राकृतिक साधन र स्रोतमाथि कब्जा गर्ने र आफ्नो सैन्य रणनीतिमा नेपालमा सहभागी गराउने अमेरिकी योजना रहेको बताए । उनले सम्झौता राष्ट्रघाती भएको बताउँदै त्यसविरुद्ध आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताए । एमसीसी खारेजीको लागि संघर्षमा आउन सबैलाई बास्तालाले अपील समेत गरे ।

राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले राष्ट्रियतामा प्रतिवद्ध र प्रतिरक्षात्मक शक्ति भनेको कम्युनिस्ट भएको तर अहिले नेपालका केही कम्युनिस्ट पार्टीहरु एमसीसी पारित गराउन लागि परेको बताए । उनले कम्युनिस्टहरुकै बिग्रिएकैले देश र जनताले दुःख पाएको बताए ।

नेपाल एउटा पञ्चशील सिद्धान्त मान्ने स्वतन्त्र देश भएकोले अमेरिकी सैन्य रणनीतिअनुसार अगाडि ल्याइएको एमसीसी सम्झौता लागु गर्न नहुने केसीले बताए । उनले अमेरिकाले सैन्य अखडा बनाएर चीनविरुद्ध नेपाल र नेपाली जनतालाई दुरुपयोग गर्न लागेको समेत बताए । एमसीसीले कायापलट हुने जसरी प्रचार गरिएको भन्दै नेपालमा आवश्यकता ५० करोड डलर नेपाली जनता आफैले लगानी गर्न सक्ने बताए ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष हिमलाल पुरीले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएकोले खारेज गर्नुको विकल्प नभएको बताए । उनले एमसीसीलाई संसदबाट पास गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सडकमा आउन अपील समेत गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि राखिनु नै गलत भएको बताए । उनले अनुदानबाट लागु हुने परियोजना संसदबाट पास गर्न आवश्यक नहुने बताए । अमेरिकी कानुन नेपालमा लागु गर्न खोजिएको भन्दै भण्डारीले एमसीसी सम्झौता देशको हितमा नभएकोले खारेज गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal