आज :

बाबुराम पनि एमसीसीको पक्षमा खुले, भन्छन्– एमसीसी कार्यान्वयन भए राष्ट्रियता बलियो हुन्छ

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा खुलेका छन् । एमसीसीलाई लिएर नेपालको राजनीतिमा तीब्र ध्रुविकरण भइरहेको बेला भट्टराईले एमसीसी कार्यान्वयन भए राष्ट्रियता बलियो हुने बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल र अमेरिका सरकारबीच चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले भारतलाई असल छिमेकी बनाउनुपर्ने र चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा जोड दिएका छन् ।
यस्तो छ भट्टराईको ट्वीट: यसमा राष्ट्रिय सहमति गरौंः १. उच्चस्तरीय राजनीतिक–कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं, २. चीनसंगका,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, ३. अमेरिकासंग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal