आज :

एनआरएनको नेतृत्वको दाबी गर्नेसँग योजना र कार्यक्रम हुनुपर्छः गौरीराज जोशी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका सचिव तथा दसौं महाधिवेशनमा महासचिव पदका प्रत्यासी गौरीराज जोशीले व्यक्तिगत एजेन्डा ल्याएर प्रोपागान्डा गर्ने प्रवृत्तिले कसैको भलो नगर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६७औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै जोसीले आफ्ना व्यक्तिगत कार्ययोजना नभई संघको मर्मअनुसार कार्यक्रम र योजना ल्याएर महाधिवेशन सफल बनाउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘मेरो व्यक्तिगत कार्ययोजना महत्वपूर्ण होइन। गैरआवासीय संघलाई यसको मर्म अनुसार कार्यक्रम ल्याएर योजना सफल बनाउनु पर्छ।‘ नेतृत्वमा आउन चाहनेले नेपाल र नेपालीलाई सधैं केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ ।

नेपालमा १० अर्ब लगानी भित्र्याउने परियोजना सफल पार्न आफू लागिपरेको जोशीले बताए । जोशी गैरआवासीय नेपाली संघसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सन् २००५ देखि नै जोडिएका छन् । आफू पद ओगट्न मात्र नभई काम गरेर देखाउन उम्मेद्वार बनेको जनाउँदै जोशीले भने, ‘सबै अध्यक्षका प्रत्यासीलाई म काम गर्ने उम्मेद्वार हो भन्ने थाहा छ त्यसैले सबैजनाले ममाथि सद्भाव राख्नुहुन्छ ।‘

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६७ औं भागमा एनआरएनएको भावी नीति र नेतृत्वबारे छलफल हुने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal