आज :

अमेरिकामा समुद्री आँधीः ५० जनाको ज्यान गयो, सोलुखुम्बुका आङ गेलु लामासहित पन्ती र छोराको पनि मृत्यु

काठमाडौँ । अमेरिकामा समुद्री आँधीका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । अमेरिकाका राजधानी न्यूयोर्क र न्यू जर्सीमा आँधीले क्षति पुर्याएको छ । घरहरु भत्किएका छन् भने रुखहरु घरमाथि ढलेका तस्वीर अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

आँधीका कारण बढीमा ५० जनाको ज्यान गएको बताइएको छ । तर, स्थानीय प्रहरीले ४६ जनाको मृत्यु भएको पुष्टि गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

आँधीपछि आएको भारी वर्षाका कारण पूर्व राज्यहरु कनेन्टिकट, मेरिल्याण्ड, न्यू जर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएका छन् । हजारौं नागरिक घरबारविहीन भएका छन् । न्यूयोर्क र न्यूजर्सीमा भारी वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसेका छन् । न्यूयोर्क सहरमा मात्र ३ जना नेपाली सहित १४ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा संकटकाल नै घोषणा गरिएको छ ।

आँधीमा परी सोलुखुम्बु घर भइ हाल न्यूयोर्क बस्दै आएका आङ गेलु लामा र उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको ज्यान गएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनवेशीका लामा केही समयदेखि न्यूयोर्क बस्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal