काठमाडौँ । जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधन भएको छ । उपचारको क्रममा विहीबार टुहुरेको बयोधा अस्पतालमा निधन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष टुहुरे मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापबाट पीडित टुहुरेको स्वास्थ्य सुधार हुन सकेन ।
श्रद्धाञ्जलीको लागि टुहुरेको पार्थिक शरीर माओवादी केन्द्रका केन्द्रीय कार्यालयका पेरिसडाँडामा राखिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । साढे १ बजेदेखि २ बजेसम्म श्रद्धाञ्जलीको पार्थिक शरीर राखिएको थियो तर श्रद्धाञ्जली दिनेको भिड भएका कारण केही समय ढिला भएको थियो ।
अहिले टुहुरेलाई अन्त्येष्टीको लागि पशुपति आर्यघाट लग्ने तयारी भइरहेको छ ।