आज :

मनसुन पुनः सक्रियः देशका धेरै ठाउँमा बर्षा, मेलम्ची फेरि पनि जोखिममा

काठमाडौँ । फेरि मनसुन सक्रिय भएको छ । केही दिनदेखि मौसममा आएको बदलीसँगै देशभर मनसुन सक्रिय भएको हो । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको र यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने सम्भावना रहेको छ । यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ ।

गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश(१, प्रदेश(२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने छ । तर, बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना छ ।

भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि थप सक्रिय भएको मौसमविद्ले बताएका छन् ।
बर्षासँगै आएको बाढीले सबैभन्दा बढी क्षति भएको मेलम्ची पुनः जोखिममा परेको छ । बाँकी रहेका पुलमध्ये तीनवटा उच्च जोखिमा रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal