आज :

अफगानिस्ताका मुख्य शहर तालिवानको नियन्त्रणमा, लडाकुहरु राजधानी काबुलतिर अगाडि बढे

काठमाडौँ । तालिवानी समूहले अफगानिस्तानका मुख्य शहर नियन्त्रणमा मिलएको छ । अमेरिकी नेतृत्वको सेना फिर्ता भएसँगै तालिवानीले भिषण हमला सुरु गरेको थियो ।

तालिवानले रणनीतिक रुपमा महत्वपूर्ण मानिएको र राजधानी काबुलबाट नजिक रहेको मुख्य शहर घाज्नी र हेरात नियन्त्रणमा लिएको छ । यसलाई तालिवानको महत्वपूर्ण जीतको रुपमा लिइएको छ ।

घाज्नी राजधानी काबुलबा १५० किलोमिटर मात्रै टाढा छ । यसअघि सो समूहले अफगानिस्ताको दोस्रो ठूलो सहर कान्दाहारलाई पनि कब्जामा लिएको छ । कान्दाहारमा भीषण यु द्ध चलिरहेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अफगानिस्ताको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकुले आफ्नो पकड बढाउँदै लगेको बताएका छन् । तालिबानले धेरै सहरलाई

तालिवानले सत्ता कब्जा गर्ने निश्चित जस्तै भएपछि अमेरिकी कठपुतली सरकारी वार्ता टोलीले सत्ता साझेदारीको प्रस्ताव गरेको छ । आ क्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो । तर, तालिबानले भने स्थायी शान्ति स्थापनाको लागि राष्ट्रपति असरफ घानी सत्ताबाट बाहिरिनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal