आज :

३२ औं गृष्मकालीन ओलम्पिकः जापान र चीनबीच प्रथम हुने होडबाजी, पछारियो अमेरिका

काठमाडौं । जारी टोकियो ओलम्पिकमा जापानले अग्रता कायमै राखेको छ । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा सबैभन्दा धेरै १३ स्वर्णसहित २२ पदक जितेर जापानमा अग्रस्थानमा छ । दोस्रो स्थानमा रहेको चीनले १२ स्वर्णसहित २७ पदक जितेको छ ।

त्यसैगरी चीनलाई सुरुमै पछि पार्ने लक्ष्य लिएको अमेरिका भने तेस्रो स्थानमा पछारिएको छ । अमेरिकाले ११ स्वर्णसहित ३१ पदक जितेको छ । पदक तालिकामा अमेरिका अगाडि छ तर स्वर्ण पदकलाई जसले बढी ल्याएको छ, उही पहिलो हुने भएकोले अमेरिका तेस्रो स्थानमा रहेका छ ।

बुधबार रातिसम्म रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । रसियन ओलम्पिक कमिटीले सात स्वर्ण जित्दा, अस्ट्रेलियाले ६ स्वर्ण जितेको छ ।

त्यसैगरी बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले तीनर तीन स्वर्ण जितेका छन् । २ स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हङ्गेरी, स्लोभानिया र कोसोभो रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको सङ्ख्या २१ रहेको छ ।

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्रि स्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् । ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् ।

पौडीमा नेपालका एलेक्स साह पनि हिजो हिट चरणभन्दा माथि पुग्न सकेका थिएनन् । यसअघि नै जुडो र सुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal