आज :

टोकियो अलम्पिकः गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै, राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य

काठमाडौँ । ओलम्पिकमा पौडीबाज गौरिका सिंहले आज प्रतिस्पर्धा गर्ने भएकी छन् । जापानको टोकियोमा जारी ३२औँ ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली समयानुसार अपराह्न ३ः४५ बजे गौरिकाले महिला तर्फ १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा ४ खेलाडी छन् । १३ औँ सागकी स्वर्ण विजेता गौरिकाले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा लिएकी छन् ।

यस्तै मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटीले प्रेस्टोन थर्थ इन्डलाई हराएको छ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा मंगलबार राति नर्थ इन्डलाई २–० ले हराएको हो ।

सिटीको जितमा रियाद महरेज र साम एडोजीले एकएक गोल गरे । अब सिटीले शनिबार बान्सर्लेसंग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ ।
खेलकुदको कुम्भमेलाको रुपमा लिइने जारी ओलम्पिकमा चीनको अग्रता कायमै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal