आज :

विश्वलाई रारा चिनाउन अन्तराष्ट्रिय कराते प्रतियोगिता गर्छाैंः नेपाल प्रमुख धामी

काठमाडौ । नेपाल सिन्दोकाइकान कराते संघले कर्णाली प्रदेशको मुगुमा अवस्थित रारामा अन्तराष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ । हालै काठमाडौंमा २०७८ सालको गुरु पूर्णिमाको अवसरमा विश्व सामु राराको सुन्दरतालाई परिचित गर्ने उद्देश्यले सो खेल आयोजना गर्न लागेको सो संघले बताएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ नम्बर वडा स्थित सो संघको हलमा भएको कार्यक्रम सिन्दोकाइकान कराते नेपाल प्रमुख तथा अन्तराष्ट्रिय गोल्ड मेडलिष्ट जगत बहादुर धामीले सो घोषणा गरेका थिए । कराते प्रशिक्षकसमेत रहेका धामीले आफ्नो सम्पूर्ण जीवन नेपालको सिन्दोकाइकान करातेलाई मज्बुद बनाउने र नेपाली खेलाडीलाई विश्व सामु अब्बल भएको देखाउने कार्यमा समर्पण गर्ने र निरन्तर लाग्ने बताए ।
सो कार्यक्रममा नेपाल सिन्दोकाइकान कराते संघका अध्यक्ष राजु लामा, वरिष्ठ उपाध्यक्ष सविन खड्का लगायतको उपस्थिति थियो । आगामी सन २०२१मा जर्मनीमा हुने अन्तराष्ट्रिय प्रतियोगिता तथा २०२२ मार्चमा फ्रान्समा हुने विश्व च्याम्पियनसीपमा नेपाली खेलाडीलाई सहभागिता गराउने, कर्णाली प्रदेशको मुगुमा अवस्थित रारा ताललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन अन्तराष्ट्रिय प्रतियोगिता तथा सेमिनार आयोजना गर्नेसमेत घोषणा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal