आज :

विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि सुरु, नेपालबाट पाँच खेलाडी सहभागी

काठमाडौं । विश्व खेलकुदको कुम्भमेलाको रुपमा दिइने ओम्पिक आजदेखि सुरु हुँदैछ । कोरोना महामारीबीच जापानको राजधानी टोकियोमा ओलम्पिक सुरु हुन लागेको हो । यो गृष्मकालीन अलम्पिकको ३२औं संस्करण हो । ओलम्पिकका खेलहरू दुई दिन अघिदेखि नै सुरू भएपनि औपचारिक रुपमा उद्घाटन आज हुन लागेको हो ।

कोराना महामारीका कारण ओलम्पिक एक वर्ष पछि धकेलिएको थियो । सन् २०२० मा कोरोनाका कारण राकिएकाले यसका नाम ‘टोकियो ओलम्पिक २०२०’ नै राखिएको छ । ओलम्पिकको इतिहासमै पहिलो पटक स्थगित भएर एक वर्षपछि ओलम्पिक हुन लागेको हो । यसअघि विश्वयुद्धका कारण तीन पटक भने ओलम्पिक रद्द नै गरिएको थियो ।

टोकियो ओलम्पिक २०२० को उद्घाटन नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेशनल स्टेडियम टोकियोमा हुने उद्घाटन समारोहमा १५ राष्ट्र र संगठन प्रमुख उपस्थित हुने तयारी भइरहेको छ । औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।

हरेक खेलाडीको सपना कम्तीमा एक पटक ओलम्पिक खेल्ने हुन्छ नि त्यसमा पदक जित्दै अझ ठूलो उपलब्धि हात पार्न चाहन्छन् । १७ दिन चल्ने ओलम्पिकमा करिब ११ हजार भन्दा बढी खेलाडी सहभागी हुन टोकियो लागेका छन् ।

टोकियोमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा आपतकालीन अवस्था लागू गर्दै विनादर्शक ओलम्पिक आयोजना हुँदैछ । टोकियोमा अहिले झण्डै दैनिक करिब २ हजार संक्रमण देखिन थालेको छ । टोकियोमा त्रास बढिरहेको छ । ओलम्पिक इतिहासमै पहिलो पटक विनादर्शक खेलहरु सुरु भएका छन् । टोकियोबासीले भने ओलम्पिकको विरोध गरिरहेका छन् । दर्शकले अब टेलिभिजनमै ओलम्पिक हेर्नेछन् ।

यसैगरी ओलम्पिकमा सहभागी हुने देशहरुबाट भ्रमण गर्ने पदाधिकारीको संख्या पनि यसपटक घटाइएको छ । आयोजकले कोभिड–१९ को असरलाई ध्यानमा राख्दै सहभागिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सेटमा प्लेबुक सार्वजनिक गरेको छ । जसलाई खेलाडी अफिसियलदेखि लिएर ब्रोडकास्टरहरुले समेत पालना गर्नुपर्नेछ । दैनिक रुपमा सबैले कोरोना परीक्षण गराउनुपर्नेछ । ओलम्पिक भिलेजमा सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेलगायतका स्वास्थ्य मापदण्ड लागु गरिएको छ ।

ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने भएका छन् । पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलिम्पिकका सहभागी हुने भएका छन् ।

गौरिका, एलेक्स र सरस्वती युनिभर्सल कोटामा ओलम्पिकका लागि छनोट भएका हुन् भने कल्पना र सोनियाले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा खेल्ने अवसर प्राप्त गरेका हुन् । पाँचमध्ये नेपालका चार खेलाडी जापान पुगिसकेका छन् । पौडी खेलाडी गौरिका र एलेक्सले जापानको तोकुशिमा दुई साताको विशेष प्रशिक्षण गरेर ओलम्पिक भिलेजमा पुगेका हुन् । यस्तै सुटिङ खेलाडी कल्पना र जुडोका सोनिया पनि ओलम्पिक भिलेजमा पुगिसकेका छन् ।

ढिला प्रतिस्पर्धा गर्ने भएकाले एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी लगायत केही पदाधिकारीको टोली भोलि जापना जाँदैछ ।

नेपाल ओलम्पिक कमिटीका अनुसार नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसँगै २६ जनाको टोली ओलम्पिकमा सहभागी हुन लागेका छन् । तर राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले पनि ओलम्पिक नजाने निर्णय गरेका छन् ।

नेपाली खेलाडी कल्पना र सोनियाले शनिबार प्रतिस्पर्धा गर्ने गर्दैछन् । कल्पनाले सुटिङमा र सोनियाले जुडोमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal