आज :

प्रभु बैंकले कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई गर्यो आर्थिक सहयोग

काठमाडौँ । प्रभु बैंक लि. ले कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । निजी क्षेत्रको प्रतिस्ठित प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको डेण्टल हस्पिटललाई सहयोग गरेको हो ।

मंगलबार प्रभु बैंक लि. को बबरमहस्थित केन्द्रिय कार्यालयमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्पmबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक लि. बाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालले जनाएको छ ।

प्राप्त सहयोगबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal