
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ २५ महिनापछि रिहा भएका छन् । साइलेन्ट हर्ट अट्याक भएर शहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्र बाँसबारीमा उपचाररत रहेका सुदर्शनलाई सर्वोच्च अदालतले विहीबार रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज कुमार शर्माको ९ नम्बर इजलासले सुदर्शनलाई रिहा गर्न आदेश दिएको हो । सुदर्शनको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, खिमानन्द अधिकारी, प्रकाश महर्जन लगायतलगायतले बहस गरेका थिए ।
हर्ट अट्याक भएपछि नख्खु कारागारबाट गंगालाल राष्ट्रिय हृयदकेन्द्रमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
सुगर, ब्लड प्रेसर जस्ता रोगबाट पीडित सुदर्शनको स्वास्थ्यमा समस्या उत्पन्न भएको जानकारी गराउँदा पनि जेल प्रशासनको लापरवाहीका कारण गम्भीर अवस्था सिर्जना भएको हो ।
सुदर्शनको अवस्थाबारे जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेताहर अस्पताल पुगेका थिए ।
ओली नेतृत्वको सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नहुँदा सुदर्शनसहितका नेताहरुमाथि लगाइएका मुद्धा फिर्ता नहुँदा रिहा भएका थिएनन् ।
त्यसैबीच सुदर्शनको रिहाईको लागि सर्वोच्चमा अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धाको आज पेशी समेत तोकिएको थियो ।
केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका रणवीरको पनि स्वास्थ्यमा गम्भीर समस्या देखिएको पछि अस्पताल भर्ना गरिएको थियो ।
- फाइल फाेटाे