आज :

भोलिबाट लामो दुरीका सार्वजनिक सवारी साधान संचालनमा आउने

काठमाडौं । भोलिबाट लामो दुरीका सार्वजनिक सवारी सधान संचालन हुने भएका छन् । काठमाडौँ उपत्यकामा पछिल्लो पटक थपेको निषेधाज्ञा आज रातिबाट सकिँदैछ ।

योसँगै भोलि अर्थात साउन १ गतेबाट काठमाडौँ उपत्यकाबाट देशका विभिन्न जिल्लामा सार्वजनिक सवारी सधान चल्न पाउने भएका छन् । जोर विजोर प्रणालीअनुसार यातायात व्यवसायीहरुले गाडीहरु संचालन गर्न दिन निर्णय गर्न लागिएको छ । त्यसको लागि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

काठमाडौँ उपत्यकासहित धेरै जिल्लाहरुमा निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरुको चहलपहल पनि बढ्दै गएको छ । लामो समयदेखि बन्द व्यवसायहरु पनि संचालनमा आउन थालेपछि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जानु पर्ने भएकोले लामो दुरीका सवारी सधान संचालन गर्न अनुमति दिइएको हो ।

काठमाडौँमा अझै पनि केही क्षेत्र संचालनमा आएका छैनन् थप खुकुलोसहित निषेधाज्ञा थप गरिएको थियो । त्यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।
निषेधाज्ञा खुकुलो पारिएपछि कोरोना संक्रमण तुलनात्मक रुपमा बढेपनि अहिले नै थप कडाई नहुने बताइएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै बैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा जारी छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal