आज :

नेकपाका सचिवालय सदस्य सुदर्शन अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई भर्ना गरिएको छ । केही दिनदेखि सुदर्शनको स्वास्थ्यमा समस्या देखिएको थियो । मुटुमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

नक्खु कारागारमा रहेका ओलीलार्इ काटमाडौंको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ । अहिले सुदर्शनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेका कारण सुदर्शनसहित दर्जनौं नेताहरु अझै जेल जीवन बिताइरहेका छन् ।

सुदर्शनलाई चैत १० गते काभ्रेमा गिरफ्तार गरिएको थियो । नख्खुस्थित एनसेल कार्यालयमा वि स्फोट गराएको अभियोगमा अदालतबाट सफाई पाइसकेका सुदर्शनलाई हात हतियार सम्बन्धी मुद्धामा अदालतले जेल पठाएको थियो ।

नेकपाका प्रवक्ता प्रकाण्ड र धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal