आज :

एमाले विवादः १० दिनदेखि शून्य अवस्थामा छौंः भुसाल

काठमाडौं । नेकपा (एमाले) को विवाद सहमति नजिक भएको भन्दै सार्वजनिक भएका सूचना र समाचार झुट भएको बताइएको छ । विवाद मिलाउन १० दिनदेखि नेताहरु निरन्तर छलफलमा रहेपनि अहिलेसम्म कुनै ठोस उपलब्धी हात पर्न सकेको छैन ।

विहीबार बुलेका बस्ने भनिएको कार्यदल बैठक नबसी सकिएको थियो । उपमहासचिव विष्णु पौडेल बैठकमा सहभागी नभएपछि बैठक बस्न नसकेको हो । विहीबार विहानको बैठकसम्म दुबै समूहका नेताहरुले विवाद सहमति नजिक पुगेको बताएका थिए । तर, बेलुका भने सहमति नभएको बताए ।

बैठक स्थलबाट बाहिँदै गर्दा नेता माधव कुमार नेपाल समूहबाट कार्यदल सदस्य रहेका उपमहासचिव घनश्यम भुसालले विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति १० दिनदेखि शून्य अवस्थामा रहेको बताए । अहिलेसम्म कुनै प्रगति नभएको भुसालले संचारकर्मीलाई जानकारी दिए । “हामी झन्डै १० दिनअघि जुन अवस्थामा थियौँ अहिले त्यही अवस्थामा छौँ । खास प्रगति गरेका छैनौँ” भुसालले भने ।

ओली समूहबाट वार्ता टोली सदस्य सुवास नेम्वाङले आज विहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने बताए । उनले पनि अहिलेसम्म खासै प्रगति नभएको स्वीकार गर्दै आज बस्ने बैठकले निष्कर्ष निकाल्ने आशावादी रहेको बताए ।

बैठक आज विहान ११ः३० बजे अर्थ मन्त्रालयमा बस्ने बताइएको छ । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच पनि वान टू वान वार्ता भएको थियो । तर, दुबै नेताबीच खासै सहमति नभएको नेताहरुले बताएका छन् ।

नेपाल निकट नेताहरुले ओलीले अदालतको फैसलालाई प्रभावित गर्न आफूहरुलाई अल्झाइरहेको आशंका व्यक्त गर्न थालेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई असार २८ गतेसम्म हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चले २८ गते फैसला दिने सक्ने भएकोले त्यतिबेलासम्म एमाले विवाद मिलेको सन्देश दिन ओली समूहले वार्ताको नाटक गरिरहेको नेपाल समूहका नेताहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal