आज :

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षः विश्वकै दोस्रो ठूलो जलविद्युतबाट उत्पदान सुरु

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा हुनै लाग्दा चीनले ठूल्ठूला आयोजना सम्पन्न गरेको छ ।

तिब्बतमा बुलेट रेलको उद्घाटन गरेको केही दिनमै चीनले विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाको पनि परीक्षण उत्पादन सुरु गरेको छ ।

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत् गृह निर्माणको घोषणा भएको छ ।

पहिलो ठूलो जलविद्युत आयोजना पछि चीनले याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहेटान बाँधबाट विद्युत् उत्पादन हुन थालेको छ ।

चिनियाँ संचारमाध्यमहरुका अनुसार जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत् उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युत् गृहहरु निर्माण भइरहेका छन् ।

बाइहेटान बाँधको उचाइ २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत् उत्पादन जेनेरेटर जडान हुनेछन् । यो सन् २००३ मा चीनको याङ्सी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो । थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ ।

यी दुवै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्वाधिक ठूलो लगानीकर्ता हो ।

चीनले उत्पादित विद्युतलाई शाङ्घाई र अन्य पूर्वी शहरहरुमा उच्च गतिको प्रसारण लाइनबाट विद्युत लैजाने गरेको छ ।

बाइहेटान विद्युत्गृहबाट उत्पादित विद्युत् उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal