
काठमाडौं । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता फेरि थप्ने तयारी भइरहेको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको आज बस्ने बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ते बताइएको छ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेको छ । थप खुकुलो बनाउँदै निषेधाज्ञा एक हप्ता थप्ने प्रमुख जिल्ला अधिकारीको बैठकले हिजै निष्कर्ष निकालेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार थप खुकुलो बनाउन मापदण्डहरु कायम गरी निषेधाज्ञा आज थप्ने आज निर्णय हुनेछ । उनका अनुसार काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमार्फत सार्वजनिक गाडी सञ्चालन गर्ने बारेमा छलफल भएको र त्यसबारेमा पनि आज निर्णय हुनेछ ।
यातायात व्यवसायीहरुले भने जोर बिजोर नभइ स्वास्थ्यका मापदण्ड पालना गराएर सार्वजनिक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । तर, कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रमुख जिल्ला अधिारीको बैठकले सार्वजनिक सवारी साधान पनि जोर विजोरमा मात्रै संचालन गर्न सकिनेबारे हिजोको बैठकमा छलफल भएको थियो ।
काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो ।