News Portal

  • तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    डबली संवाददाता२०७८ असार ३ गते
    ९९ पटक

    काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य ११ सय रुपैंयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य आज तोलामा ११ सय रुपैंयाले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैंया र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६० रुपैंयामा कारोबार भएको थियोे ।

     

    प्रतिकृया दिनुहोस्