आज :

३ हजार तल झर्‍यो नेप्से परिसूचक

काठमाडौं । साताको चौथो दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी अंकको गिरावट आएको छ । नेप्से परिसूूचक ५२ दशमलव ३९ अंकले घटेर २ हजार ९ सय ६९ दशमलब ७२ विन्दुमा थामिएको छ । त्यस्तै, आज १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

नेपाल धितोपत्र बोर्डले हिजो (मंगलबार) सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भनेपछि त्यसको असर आज (बुधबार) नै शेयर बजारमा देखिएको छ । बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुकै शेयर मूल्य घटिरहेको छ ।

आइतबार २ हजार ९ सय ८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो । मंगलबार झिनो अंकले घटेको भएपनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो । तर बुधबार भने ३ हजार भन्दा तल झरेको छ ।

सबै कम्पनीको शेयरमूल्य घटेपनि सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस कम्पनीको लगातार उच्च वृद्धिसँगै प्रतिकित्ता शेयरमूल्य ७ सय ३३ रुपैंया पुगेको छ ।

त्यस्तै, आज धेरैजसो कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबार रकमको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal