आज :

शेयर बजारमा नयाँ रेकर्ड, ३ हजार नाघ्यो नेप्से परिसूचक

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड आज (सोमबार) नै तोडिएको छ ।

सोमबार प्रिओपनिंङ समयमा बजार २६.३५ अंकले वृद्धि हुदै नेप्से परिसूचकांक ३००९.४५ अंकमा पुगेको हो । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

शेयरमूल्यमा वृद्धि भएसँगै लगानीकर्ताहरुको मनमा उत्साह छाएको छ । यो समाचार तयार पार्दासम्म ८ ओटा कम्पनीको मूल्यमा उच्च वृद्धि भएको छ ।

लकडाउनको कारणले अन्य क्षेत्रमा कारोबार ठप्प भएपछि यस क्षेत्रमा लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal