आज :

शेयर बजारमा नयाँ रेकर्ड, साढे १९ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।

सेयर बजारमा उछाल आएसँगै आज कारोबार रकम समेत हालसम्मकै उच्च भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक उच्च विन्दुमा पुग्दा झण्डै २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको हो । यसअघि जेठ २३ गते भएको रू. १७ अर्ब २७ करोड १७ लाख ८७ हजार बराबरको सर्वाधिक रकमको कारोबार भएको थियो ।

आज कारोबार भएका ४४ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयर संख्या र कारोबार संख्याका आधारमा नेशनल हाइड्रो पावरको सर्वाधिक ५ हजार ८ पटकको व्यापारमा १८ लाख ५ हजार ७३८ कित्ता सेयरको खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक ४.१५ प्रतिशतले गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य घटेर प्रतिकित्ता १ हजार ४० मा झरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal