आज :

शेयर कारोबारमा ‘एओएन’ को दुरुपयोग भएको भन्दै बन्द गर्न निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा भएको एओएन ‘अल अर नन्’ को दुरुपयोग भएको भन्दै बन्द गर्न निर्देशन दिएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि लागू हुने गरी आइओएन नै रोक्का गर्ने भएको छ ।

टिएमएसमा भएको ‘एओएन’को दुरुपयोग गरी ठुला लगानीकर्ताले खरिद तथा बिक्री चाप देखाई चलखेल गरेकोले कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा केहि फेरबदल गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार नेप्सेलाई भोलिदेखि नै लागू हुने गरी निर्देशन दिइएको छ ।

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा आईओएन भन्ने अप्सन रहेको हुन्छ । त्यो सिस्टम भनेको लगानीकर्तालाई चाहिए जति पाएमात्रै किन्न वा बेच्न सहज होस् भनेर बनाइएको सिस्टम हो ।

मानौं, तपाईले कुनै कम्पनीको ८ सय रुपैयाँको दरले ५ सय कित्ता शेयर बेच्न अर्डरमा बस्नु भयो । सोही मूल्यमा अर्को ५ सय कित्ता किन्ने मान्छे आयो भने मात्रै कारोबार हुन्छ ।

तपाईंले अर्डर गरेकै मूल्यमा अर्को व्यक्ति किन्न बसेको छ तर ५ सय कित्ता भन्दा १ कित्ता मात्र पनि तल भयो भने पनि त्यो शेयर कारोबार हुँदैन ।

त्यस्तै, मानौं तपाईले कुनै कम्पनीको २ सय रुपैंयाको दरले ३ हजार कित्ता शेयर किन्न अर्डरमा बस्नुभयो । सोही मूल्यमा अर्को ३ हजार कित्ता बेच्ने मान्छे आयो भने मात्र त्यो शेयर कारोबार हुन्छ । सोही मूल्यमा अर्को व्यक्ति किन्न बसेको छ तर तपाईले अर्डरमा राखेको कित्ता भन्दा १ कित्ता पनि कम भयो भने कारोबार हुँदैन ।

यहि कारणले सोझा लगानीकर्ता नझुक्किउन् र नफसुन् भनेर एओएन सिस्टम बन्द गर्न लागेको बोर्डले जनाएको छ । यसकारण विद्यमान उक्त व्यवस्थालाई फेरबदल गरी ३ हजार कित्ता अर्डरमा बसे पनि त्यो भन्दा थोरै कित्ता आउँदा समेत कारोबार हुनसक्ने गरी बोर्डले निर्देशन दिएको बताएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal