आज :

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै, प्रधानमन्त्री के गर्छन् ?

काठमाडौं । आज सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले बोलाएका छन् ।

संसद विघटनको पक्ष र विपक्षमा उभिएका पार्टीहरुबीच साझा धारणा बनाउन सभामुखले प्रयास गर्ने बताइएको छ । त्यस्तै, संसद् विघटन, अदालतमा पेशी, आफू कसरी अगाडि बढ्ने भन्नेबारे सुझाव पनि सभामुखले माग्ने बताइएको छ ।

सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बैठकमा बोलाइएको छ । बैठकमा उपस्थितिको लागि आग्रह गरिएको पत्र एमाले केन्द्रीय कार्यालयमा दर्ता भएको गरिएको थियो । तर, बैठकमा प्रधानमन्त्री ओली नजाने बालुवाटार स्रोतले बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटाले छलफल र परामर्शमा जोड दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal