News Portal

  • ५५ अङ्कले बढ्यो नेप्से, उच्च कारोबारमा नेपाल पुनर्बिमा

    डबली संवाददाता२०७८ जेष्ठ १९
    १६१ पटक

    काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । मंगलबारको तुलनामा सेयर बजार ५५.७६ अंकले बढेर २८२७.१२ बिन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २ करोड २६ लाख १३ हजार २९ सेयर खरिद बिक्रि हुँदा कुल ११ अर्ब ३५ करोड १८ लाख माथिको कारोबार भएको छ ।

    बजारमा ५५ अंकको उछाल आउँदा धेरै लगानीकर्ता तथा ब्रोकरहरुसमेत मालामाल भएका छन् । आज सबैभन्दा बढी कारोबार गर्ने कम्पनी नेपाल पुनर्बिमा कम्पनी रहेको छ । यस कम्पनीले कुल १ अर्ब ३७ करोड ८७ लाख माथिको कारोबार गरेको छ ।

    त्यसैगरी सानिमा माइ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने राधि हाइड्रोपावरका लगानीकर्ता घाटामा गएका छन् ।

    आज सबैभन्दा बढी कारोबार गर्ने १० कम्पनीहरुमाः नेपाल पुनर्बिमा कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, मन्जुश्री फाइनान्स लिमिटेड, राधि विद्युत कम्पनी जस्ता कम्पनीहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्