आज :

आज २५६५ औं बुद्ध जयन्तीः निषेधाज्ञाबीच मनाइँदै

काठमाडौँ । आज २५६५ औँ बुद्ध जयन्ती । निषेधाज्ञाबीच सीमित प्रक्रिया पूरा गरेर देशभर मनाइँदैछ । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका अर्थात आज दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँदै छन् ।

निषेधाज्ञाका कारण चैत्य, गुम्बा, विहार लगायतमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने छ । गएको वर्ष पनि लकडाउनका कारण चैत्य, गुम्बा, विहारलगायतमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत ठाउँमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । कोरोनाको जोखिमका कारण अहिले यी ठाउँमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । सरकारले बुद्धजयन्तीका दिन देशभर सार्वजनिक बिदा दिँदै आएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक पार्टीका प्रमुखहरुले बुद्ध जन्मजयन्तीको अबसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा बताएकी छन् ।

 

शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने राष्ट्रपतिको विश्वास छ ।

सम्पूर्ण विश्वयले कोभिड–१९ का महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउने आशा व्यक्त गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal