आज :

मध्यावधि निर्वाचन घोषणा गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च, प्रतिवादमा उत्रिनुस्ः बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिले घोषणा गरेको मध्यावधि चुनावलाई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि शनिबार विहान भट्टराईले ट्वीटरमा यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन् ।

अध्यक्ष भट्टराईले भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भएको बताए । शुक्रबार रातिको संसद विघटन पनि पुस ५ गतेकै कडी भएको उनले बताएका छन् ।

भट्टारईले लेखेका छन्– भित्री÷बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र÷सेटिङगमा गत पुस ५ बाट जुन  अलोकतान्त्रिक/ असंवैधानिक/प्रतिक्रा’न्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो । एकजुट होऊ; प्रतिवाद गरौं !

यसैगरी नेपाली काँग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिको कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। ुआफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको कोइरालाले भनेका छन् ।

संसद विघटन गरी मध्यावधि घोषणा गर्ने राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदम भएको भन्दै कोइरालाले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताए । उनले राष्ट्रपतिले संविधानलाई समाप्त गर्ने काम गरेको भन्दै क्षम्य हुनै नसक्ने बताए ।

काँग्रेसका अर्का नेता रमेश लेखकले राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीमा परेका दाबी खारेज गरेलगत्तै लेखकले राष्ट्रपति भण्डारीबाट लोकतन्त्रको संरक्षण नहुने बताइसकेका थिए । “राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन। यिनीबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन” नेता लेखकले सामाजिक संजालमा लेखेका थिए ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राष्ट्रपतिको कदमलाई मध्यरातमा डकैती गरेको संज्ञा दिएका छन्। संसद विघटन गरेर मध्यावधि चुनावको घोषणापछि पुनले सामाजिक संजालमा ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गरेको लेखेका थिए । “‘मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे” पुनले लेखेका छन् ।

संविधानको धारा ७६(५) अनुसार केपी शर्मा ओली र शेरबाहादुर देउवाले गरेको दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिदिएकी छन्।

राष्ट्रपतिको उक्त निर्णयसँगै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सरेर संसद विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal