आज :

चन्द्रागिरि ८ मा रहेको आइसोलेसन केन्द्रको लागि क्लासिक टेकको निःशुल्क इन्टरनेट सेवा

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भूमिका निभाउँदै नगर स्तरिय आइसोलेसनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

हालको विषम परिस्थिति तथा कोरोना भाइरस महामारी विरुद्ध लड्न चन्द्रागिरि नगरपालिकाको नगर स्तरीय वडा ८ मा निर्मित आइसोलेसन केन्द्रको लागि सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोस खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिकटेक प्रालिले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

नगर स्तरिय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० वेडको अक्सिजन सहित सेवा प्रवाह गरिएको छ ।
सो स्थानमा  कोरोना संक्रमितहरुको सुबिधाको लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
क्लासिक टेकले संस्थागत सामाजिक भूमिका पहिलेदेखि निभाउँदै आईरहेको छ भने यसपटक आइसोलेसन केन्द्रमा इन्टरनेट प्रदान गरेको  छ ।

सो आइसोलेसन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको ईन्टरनेट सेवा उपलब्ध गराएको छ जहाँ एकैपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।
आइसोलेसनमा रहेका संक्रमितहरुलाई घर परिवारसंग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवाहरुलाई समेत सहज बनाउने उद्धेश्यले क्लासिक टेकले आइसोलेसन केन्द्रमा इन्टरनेट जडान गरेको हो।
सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको बताएका छन् ।
कम्पनीले आगामी दिनहरुमा पनि आफ्नो सामाजिक संस्थागत जिम्मेबारीअन्तरगत विभिन्न कार्यहरु गरिरहेन प्रतिबद्धता जाहेर गरेको छ ।

 

क्लासिकटेक को फेसबुक पेज लाइक गरी नयाँ अफर को जानकारी लिनुहोस्।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal