आज :

एमाले जुट्यो, जसपा फुटको डिलमा

काठमाडौँ । आन्तरिक र सत्ता गठबन्धलाई लिएर नेकपा (एमाले) भित्र देखा परेको विवाद समाधानको दिशातिर बढेको छ । शुक्रबार भएको दुबै नेताहरुबीचको छलफल सकारात्मक भएसँगै एमाले फुट टरेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेता माधव कुमार नेपालले राख्दै आएका शर्त मान्न तयार भएपछि एमाले फुटबाट बचेको हो । नेपाल समूहले २०७५ जेठ २ गते फर्किनुपर्ने भन्दै राख्दै आएको मागमा ओली तयार भएका छन् ।

बैठकमा सहभागी नेता भीम रावलका अनुसार छलफल सकारात्मक र सौहार्दपूर्ण भएको र कार्यदल बनाएर विवाद समाधान गर्न दुबै पक्ष सहमत भएका छन् । कार्यदल बनाउने जिम्मा नेपाल र ओलीलाई दिइएको छ । कार्यदललाई पूर्णता दिएसँगै फेरि चाडै बस्ने नेता रावलले बताए ।

फुट र पानी बारबारमा पुगेको एमालेको विवाद मिलेको छ भने जनता समाजवादी पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने विषयलाई लिएर उत्कर्षमा पुगेको जसपाको विवाद फुटको डिलमा पुगेको छ । जसपामा अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो एक ठाउँमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराई अर्को ठाउँमा । यादव र भट्टराई ओलीको बहिर्गमन चाहन्छन् भने ठाकुर र महतो साथ दिइरहेका छन् ।

संसदमा ओलीलाई विश्वासको मत दिने विषयलाई लिएर जसपाको विवाद सडकमा पुगेको थियो । संसद बैठकमा यादव समूहले ओलीको विपक्षमा मतदान गरेको थियो भने ठाकुर समूह तटस्थ बसेको थियो । ओलीलाई समर्थनलाई देखिएको विवाद पार्टी फुटमा पुगेको जसपाका नेताहरु बताउँछन् ।

अध्यक्ष ठाकुरले नेता महतोलाई संसदीय दलको नेता बनाएका छन् । शुक्रबार संसदीय दलका बहुमतको निर्णय भन्दै महतोलाई दलको नेता बनाइएको हो । योसँगै जसपाको विवाद फुटमा पुगेको छ । यसलाई उपेन्द्र समूहले नमान्ने भन्दै अर्कोलाई दलको नेता चुन्ने तयारी भइरहेको छ । एउटै पार्टीको संसदीय दलमा दुई नेता हुनु भनेको पार्टी फुट नै भएको बताइन्छ ।

संसदीय दलमा ३२ जना सांसद रहेको जसपामा दुबै समूहले आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन् । तर, ठाकुर समूहले आफ्नो बहुमत पुगेको भन्दै महतोलाई नेता चयन गरेको हो । तर उपेन्द्र समूहले यसलाई किर्ते हस्ताक्षर गरेर बहुमत पुर्याएको भन्दै नमान्ने बताएको छ ।

अध्यक्ष उपेन्द्र यादवले पनि संसदीय दलको बैठक नै नबसेको र विधान पनि पारित नभएको बेला महतो कसरी संसदीय दलको नेता भए त्यसबारेमा आफूलाई केही जानकारी नरहेको बताए । उनले महेश बस्नेतजीहरुले राजेन्द्रजीलाई संसदीय दलको नेता बनाएको प्रतिक्रिया समेत दिएका छन् ।

अध्यक्ष यादवले संसदीय दलको नेता बन्न विभिन्न प्रकृया हुने र ती प्रकृया पूरा नभएको बताए । संसदीय दल समायोजन नभएको बताउँदै नेता छान्नु पहिले समायोजनपछि विधान पारित हुनुपर्ने यादव बताउँछन् । उता ठाकुर समूहका नेताहरुले महतो विधानअनुसार नै दलको नेता चयन भएको बताउँछन् ।

यसअघि यादव ओलीविरुद्ध बहुमत जुटाउन लागेका थिए भने ठाकुर समूहले आफ्नो सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा लिएर राखेको थियो । प्रधानमन्त्री हुने एमाले अध्यक्ष र एमालेको विवाद मिल्ने तर त्यही विषयमा जसपा फुट्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal