आज :

नयाँ वर्ष २०७८ः विप्वलद्वारा पार्टीको केन्द्रीय कार्यालयको शिलान्यास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीको केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेका छन् । विप्लवले नयाँ वर्ष २०७८ सालको शुरुसँगै विप्लवले कपिलबस्तुको शिवगढीमा पार्टीको केन्द्रीय सम्पर्क कार्यालयको शिलन्यास गरेका हुन् ।

महासचिव विप्लवले एक विशेष कार्यक्रमबीच पार्टी कार्यालयको शिलन्यास गर्दै जनतासँगै रहन बस्तीमा पार्टी कार्यालय निर्माण गर्न लागिएको बताए । एक नेताका अनुसार भवन भव्य र आधुनिक हुनेछ । पार्टी कार्यालयसँगै सभागृह पनि संचालनमा ल्याउने तयारीका साथ भवनको शिलान्यास गरिएको हो ।

विप्लवले बुधबार केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला दलालहरूले अनर्गल रूपमा फैलाएको झुटो प्रचार भन्दै उक्त कुरा निराधार हल्ला भएको बताए । उनले आफूहरु व्यक्तिगत पद, पैसा र प्रतिष्ठा त्यागेर क्रान्तिमा लागेका बताउँदै क्रान्ति जनताको मुक्तिका लागि भएको बताए ।

आफ्नो पार्टी ३ बुँदे सहमतिलाई कार्यान्वयन गर्न दृढ रहेको बताउँदै विप्लवले युद्ध र अशान्ति चाहनेहरूले राज्य र नेकपाबीच भएको वार्ता र सहमतिलाई विथोल्न खोजेको बताए । “हामी ३ बुँदे सहमति कार्यान्वयन गर्न दृढ छौँ । ३ बुँदे सहमति युद्ध र अशान्ति नचाहनेहरूले वार्ता बिथोल्न खोजिरहेका छन्” विप्लवले भने । जनताले निकै लामो समयदेखि न्याय र मुक्तिको आवाज उठाउँदै आएको भन्दै जनताको न्यायपूर्ण आवाजमाथि दमन गरिएकोले पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताए । जनताको न्यायपूर्ण आवाजमाथि गरिएको दमनविरुद्ध हामी लड्दै आएको छौँ र वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहने विप्लवले प्रतिबद्धता समेत जनाए ।

“अरु पार्टीहरु दलाल पुँजिपतिहरुको व्यवस्थापनमा पार्टी कार्यालय निर्माण गर्ने तथा संचालन गरिरहेका छन् । तर, हाम्रो पार्टीले जनताको सहयोग र श्रमदानमा कार्यालयको निर्माण गर्न लागेको छ । जनतासँग पार्टीको सम्बन्ध नटुटोस् भनेर गाउँ बस्तीमा पार्टी कार्यालय निर्माण गर्न लागेका छौं” नेकपाका एक नेताले भने । उनका अनुसार पार्टी कार्यालय निर्माणको लागि अत्यवश्यकबाहेक पार्टीका नेता कार्यकर्ता र जनश्रमदानबाट तयार हुनेछ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal