आज :

ग्रीनलाइफ हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कहिलेबाट हुने भयो कारोबार ?

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

शेयर सूचिकृत भएसँगै (भोली) मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।  पहिलो कारोबारको लागि नेप्सेले न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको थियो। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal