आज :

नेकपामाथिको प्रतिबन्ध फुकुवा, विप्लवले विशेष सम्बोधन गर्ने

काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपामाथि दुई वर्ष पहिले लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र नेकपाबीच भएको तीन बुँदे सहमति अनुमोदन समेत गरेको छ । नेकपाले शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाएकोले प्रतिबन्ध फिर्ता लिएको सरकारले जनाएको छ ।

यसैबीच भोलि (फागुन २१ गते) नेकपाका महासचिव विप्लवले करिब तीन बर्ष पछि पहिलो पटक सार्वजनिक रुपमा सम्बोधन गर्न भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमति सार्वजनिक गर्ने भएका छन् । एउटै कार्यक्रमबाट ओली र विप्लवले सहमति सार्वजनिक गर्दै विशेष सम्बोधन गर्ने सहमति भएको थियो ।

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका वार्ता टोली संयोजक खड्कबहादुर विश्वकर्माले तीन बुँदे सहमति सार्वजनिक गरेका थिए ।

नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ । साथै सरकारले प्रतिबन्ध हटाउने सहमति पनि भएको छ । नेकपामाथि सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

सरकार र नेकपाबीच वार्ता सफल भएसँगै जेलमा रहेका नेता तथा कार्यकर्ता रिहा गर्न सरकारले देशभर सर्कुलर गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि गृहमन्त्रालयले देशभरका हिरासतमा रहेका नेता कार्यकर्तालाई भोलिसम्म छोड्न प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरेको हो ।

पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोला, केन्द्रीय सदस्य माइला लामा, भरत बम, ओमप्रकाश पुन, चुडामणी ओलीसहित दर्जनौं नेता कार्यकर्ता जेल र हिरासतमा छन्

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal