आज :

निफ्राको सेयरमूल्यमा उच्च वृद्धि

काठमाडौं । साताको अन्तिम दिन आज (बिहिबार) नेपाल इन्फ्राइस्ट्रक्चर बैंकको सेयरमूल्यमा उच्च वृद्धि आएको छ । निफ्राको सेयरमूल्य ८.६६ प्रतिशत् अर्थात् ४४ अंकले वृद्धि भई प्रति कित्ता सेयरमुल्य रु. ५५२ पुगेसंगै सेयरबजार बन्द भएको छ ।

केहि मिनेटअघि निफ्राको सेयरमूल्य ९.८४ प्रतिशत् अर्थात् ५० अंकले बढेर प्रतिकित्ता सेयरमूल्य रु. ५५८ पुगेको थियो । केहि दिनअघि रु. ७२६ पुगेर घटेको निफ्राको सेयरमूल्य आज सर्वाधिक अंकले बढेको छ । ५०८ बाट कारोबार सुरु भएको निफ्राको मुल्य रु ५५२ मा कारोबार भएर बजार बन्द भएको हो ।

नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । केहि दिनदेखि निरन्तर गिरावट आएको सेयरमूल्य आज कारोबार शुरु भएदेखि नै बढीरहेको छ ।

यसैगरि, चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशत बढेर रू. ६०५ पुगेको छ भने लिवर्टी ईनर्जी कम्पनीको शेयरमूल्य पनि १० प्रतिशत बढेर रू. २८६ पुगेको छ । किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९ दशमलव ७९ प्रतिशत बढेर अन्तिम मूल्य साढे ३ घण्टाको अवधिसम्म रू. १ हजार ५३७ कायम भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal