
काठमाडौं । चीनले नेपाललाई कोरोनाविरुद्धको ८ लाख डोज खोप दिने निर्णय गरेको छ । चीनले नेपाललाई कोरोना खोपको संख्यालाई बढाएर ८ लाख डोज अनुदानमा दिने निर्णय गरेको हो ।
सोमबार साँझ नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको जानकारी दिएकी हुन् ।
चीनले सुरुमा नेपाललाई ३ लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । घोषणको केही समयपछि चीनले ५ लाख डोज खोप दिने निर्णय गरेको थियो । चीनले अहिले यो संख्या ८ पुर्याएको छ । उक्न खोल चाँडै नेपाल आउने बताइएको छ ।
चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरिसकेको छ ।
यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदान दिएको थियो । अनुदानको खोप लगाइ नसक्दै नेपालले भारतसँग खोप खरिद गरेर पहिलो चरणको खेप ल्याइसकेको छ ।