News Portal

  • सरकारसँग वार्ता गर्न सकारात्मक छौं : विप्लव (विज्ञप्तिसहित)

    डबली संवाददाता२०७७ फागुन ८ गते
    १६९ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गरेर सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका छन् ।

    महासचिव विप्लवले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् ।

    “हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो, यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं” विप्लवले विज्ञप्तिमा भनेका छन् ।

    विज्ञप्ति 

    प्रतिकृया दिनुहोस्