बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)सहित चार पार्टीको संयुक्त रणनैतिक मोर्चाले बुटवलमा आयोजना गरेको जनसभा गरेको छ ।
ठाउाँठाउँबाट नारा जुलुससहित आएको र्याली जनसभामा परिणत भएको थियो । जनसभालाई मोर्चामा आवद्ध ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलालले नेतृत्व गरेको वैज्ञानिक समाजवादी पार्टीका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
जनसभा चलिरहेको छ । वक्ताहरुले सम्बोधन गरिरहेका छन् । उनीहरुले अहिलेको राजनीतिक संकट संसदीय व्यस्थाका कारण पैदा भएको भन्दै त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन् । संसद विघटनसम्म आउँदा संसदीय व्यवस्था असफल सिद्ध भएको भन्दै त्यसको विकल्पमा जनवादी तथा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन् ।
जनसभलाई राष्ट्रिय जागर मंचाका संयोजक गुणराज लोहनीले पनि सम्बोधन गरेका छन् । जनसभा अहिले पनि चलिहरेको छ ।