आज :

नेपाली काँग्रेसको महाधिवेशन भदौमा, क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति चैत्र १० गतेसम्म 

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन फेरि पनि सरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले कार्य समितिको म्याद पनि ६ महिना थप गरेको छ । बैठकमा पार्टी सभापतिले काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरेका छन् ।

बैठकमा तल्लो तहका अधिवेश असार २० गतेबाट सुरु गर्ने प्रस्ताव पनि गरिएको छ । बैठकमा फागुन ५ बाट सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव गरिएको छ । त्यस्तै, म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको छ ।

छानविन समितिले केन्द्रीय निर्वाचन समितिलाई अन्तिम सूची बुझाउनेछ । त्यस्तै निर्वाचन समितिले असार ५ मा केन्दीय पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी प्रस्ताव बैठकमा पेस गरिएको छ । तोकिएको मितिमा क्रियाशील सदस्यता नटुग्याउने कार्य समितिलाई महाधिवेशनमा सामेल हुन नपाउने वाध्यकारी प्रस्ताव समेत राखिएको छ ।

बैठक आज पनि बस्ने छ । देउवाको प्रस्तावमा आज थप छलफल हुने बताइएको छ । तर केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा पौडेल पक्ष सहमत छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal