आज :

संसद् विघटनविरुद्धको मुद्दामा आजबाट एमिकस क्युरीले राय दिने, दोस्रो हप्ता फैसला 

काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ करिब करिब सकिन लागेको छ । रिटका पक्ष र पक्षमा कानुन व्यवससायीसँगै महान्याधिवक्ताको बहस सकिएपछि एमिकस क्युरीले आजबाट राय दिने छ । संसद् विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले एमिकस क्युरी गठन गरेको थियो ।

कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ । संसद् विघटनविरुद्ध परेका रिटमाथिको फैसलामा सर्वोच्चले राय लिन बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक रहेको एमिकस क्युरी गठन गरेको थियो ।

दुबै पक्षको बहस सकिएको र एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ । सर्वोच्चले यही फागुनको दोस्रो सातासम्म फैसला सुनाउने बताइएको छ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको  अधिकार प्रयोग गरेको संसद विघटन गरेको भन्दै रिटजारी हुनु पर्ने माग दाबी गरेका छन् । उनिहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुनः स्थापना हुने पर्ने बताएका थिए । संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताउँदै रिट निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले यसले गलत नजिर बस्ने दाबी गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्रीको ओलीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले भने संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेष अधिकार भएको बताएका थिए । कतिपय वकिलहरुले प्रधानमन्त्री ओलीलाई श्री ३ जस्तै अधिकार भएको भन्दै संसद् विघटनलाई सदर गर्नुपर्ने माग गरेका थिए ।

इजलासमै वकिल र न्यायाधीशबीच सवाल जवाफ भएको थियो । प्रधानमन्त्री ओलीको पक्षबाट बहस गरेका वकिल र महान्याधिबक्ताले न्यायाधीशको प्रश्नको जवाफ दिन सकेका थिएनन् ।

नेपालको राजनीति अब सर्वोच्च वरिपरी घुमिरहेको छ । सर्वोच्च अदालतको फैसलापछि मात्रै नयाँ गति लिने राजनीतिक विश्लेषकहरुको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal